आठ करोड भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर


१२ मंसिर २०७४, मंगलवार
Akhatiyar अख्तियार दुरुपयोग

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।Akhatiyar अख्तियार दुरुपयोगakhati

आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो। आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध रु आठ करोड ८२ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।

त्यस्तै, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही रु आठ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

आयोगका अनुसार उनीहरुले आर्थिक वर्ष २०६९र७० र आव २०७०र७१ मा भएको कारोबार अध्ययन गर्दा रु आठ करोड ८२ लाख कम राजश्व दाखिला गरेको आयोगले जनाएको छ। यसअघि पनि आयोगले सोही कार्यालयका आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७