मेगा बैंकको ज्वालामुखीमा नयाँ शाखा


१८ माघ २०७५, शुक्रबार
1549011887Mega Bank New Branch1

काठमाडौं,माघ १८ । मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा नयाँ शाखा खोलेको छ।

1549011887Mega Bank New Branch1

शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष बिनोदराज तिमिल्सिनाले गरे।उक्त गाउँपालिकामा कुनै पनि ‘क’ वर्गको बैंक नपुगेको बैकको भनाइ छ।बैंकको शाखापछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाका भनाइ छ।

शाखाका प्रबन्धक आत्मराम दवाडीले शाखामा १५ सयले खाता खोली कारोबार सुरु गरेको र १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको बताएको छन्।

बैंकका देशभर १०२ शाखा, १९ एक्सटेन्सन काउन्टर, ८५ एटिएम सञ्जाल, ११९ शाखारहित केन्द्र र २३ सय बढी ा रेमिट एजेन्ट छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७