अब सबै प्रदेशबाट श्रम स्वीकृति, काठमाडौं धाउने वाध्यता हट्यो


२१ माघ २०७५, सोमबार
prades 1 br tasbir saujanya shram mantri sachibalaya 20190204084440

काठमाडौं, २१ माघ । अब श्रम स्वीकृतिका लागि ठूलो खर्चमा काठमाडौं धाउनु पर्ने वाध्यता अन्त्य हुने भएको छ । अब सरकारले सबै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

prades 1 br tasbir saujanya shram mantri sachibalaya 20190204084440

सरकारले बुधबारदेखि प्रदेश–१ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने तयारी गरेको छ । विराटगरबाट शुरु भएसँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायतका सबै काम विकेन्द्रीकरण हुनेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिनका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

सरकारले पुस १५ गते प्रदेशबाट सेवा दिन ुरु गरेको थियो । शुरुमा प्रदेश–५ को बुटवल र प्रदेश–२ को जनकपुरबाट सेवा शुरु गरेको थियो । केही दिनअघि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारका सेवा शुरु भएको थियो । त्यसअघि कर्णाली प्रदेश र सुदूरपश्चिमबाट सेवा शुरु भएको थियो ।

प्रदेशबाट वैदेशिक रोजगारीका सेवा शुरू भएसँगै कामदारले पाउँदै आएको सास्ती हटेको छ । प्रदेशबाटै सेवा ुरु भएसँगै वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा सेवाग्राहीको संख्या कम हुँदै आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजार पाँच सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । उनीहरूलाई केही समय अघिसम्म वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले मात्रै श्रम स्वीकृति दिने गरेको थियो। प्रदेश कार्यालयबाटै श्रम स्वीकृति दिनुका साथै पीडितको उजुरी लिने र अनुसन्धान गरी पीडकलाई कार्बाही गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७