डिजिटल प्रदेश बनाउने प्रस्ताव ल्याउन मुख्यमन्त्री पोखरेलले आग्रह


३ फाल्गुन २०७५, शुक्रबार
Shankar Pokharel

रुपन्देही, ३ फागुन : मुख्यमन्त्री शङकर पोखरेलले प्रदेश नं ५ लाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने गरी ठोस प्रस्ताव ल्याउन सूचना, प्रविधिसँग सम्बन्धित क्षेत्रलाई आग्रह गरेका छन् । क्यान महासंघ रुपन्देहीले शुक्रबार बुटवलमा शुरु गरेको क्यान इन्फोेटेकमा उहाँले भने, ‘जनशक्ति तयार भए, प्रस्ताव ल्याउनुहोस् ।’

Shankar Pokhrel


प्रदेशमा ई–एजुकेशन लागू गर्न सस्तो ल्यापटप उत्पादन आवश्यक भएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ लाई ‘आइटी सिटी’का रुपमा विकास गर्न सकिने बताए । उनले त्यसका लागि सरकार सहकार्य गर्न तयार रहेको जानकारी दिँदै सूचना प्रविधिको क्षेत्र नयाँका लागि अवसर भएको बताए ।

मुख्यमन्त्री पोखरेलले सूचना, प्रविधिको ज्ञानलाई सङ्गठित गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रविधिमा निजी क्षेत्र आँटका साथ अघि नआएको गुनासो गर्नुभयो । उनले, ‘हरेक २ वर्षमा पुरानो प्रविधि विस्थापित भएर नयाँ प्रविधि भित्रिदैछन् ।’

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सूचना र प्रविधिलाई उपयोग गरेर जीवनशैली परिवतर्न हुने उल्लेख गर्दै प्रविधिमार्फत सेवाग्राहीले सेवा पाइरहेको बताए । क्यान महासङ्घ नेपालका अध्यक्ष हेमन्त चौरासियाले प्रदर्शनीलाई अवलोकन थलोका रुपमा मात्रै होइन प्रविधि प्रयोगको थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

क्यान इन्फोटेक रुपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदी, क्यान महासङ्घका पूर्वअध्यक्ष डा विमलकुमार शर्मा, उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाललगायतले सूचना प्रविधिको उपयोगबाट फाइदा लिन सकिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७