नेपाल मगर संघ अर्घाखाँचीको ३७ औं मगर दिवस


१६ फाल्गुन २०७५, बिहीबार
Magar day

सन्धिखर्क(अर्घाखाँची), १६ फागुन । नेपाल मगर संघ अर्घाखाँची जिल्ला समन्वय समितिको आयोजनामा ३७औं मगर दिवस सन्धिखर्कमा सम्पन्न भएको छ ।

Magar day

मगर संघ ५ नम्बर प्रदेश सचिवालय सदस्य टोपबहादुर बलालमगरको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भएको हाे ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीमगर, विशेष अतिथि मगर संघ प्रदेश सहकोषाध्यक्ष कृष्ण सारुमगर, प्रदेश सदस्य वसन्ता सारुमगर, विशेष नापी शाखाका प्रमुख खिमबहादुर रानामगर, मालपोत कार्यालय प्रमुख रुकेन्द्र पालुंगेमगर, विद्युत प्राधिकरण कार्यालय प्रमुख विरमान रास्कोटीमगर, जिल्ला रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत सरोज थापा पुलामीमगर, लोक दोहोरी प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् पत्रकार सहयोगी बिसी, कुमाल समाज सुधार समितिका केन्द्रिय सदस्य सुमित्रा मुखिया, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सचिव सावित्रा दर्लामीमगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले ५ नम्बर प्रदेशको नाम मगरात राखिनुपर्ने माग गरेका छन् । नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष कुसुम थापामगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा सञ्चालन ईन्द्र गेलाङ र अध्यक्षता मगर संघ जिल्ला अध्यक्ष नेत्र थापामगरको रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७