फेरि सीके राउतका कार्यकर्ताको प्रदर्शन, घटे समर्थक

सिरहा, ५ चैत । डा. सीके राउतका कार्यकर्ताहरुले मंगलबार सिरहाको लहानमा प्रदर्शन गरेका छन् ।

यसपल्टको प्रदर्शन स्वतन्त्र मधेस गठबन्धनको व्यानरमा नभई जनमत पार्टीको व्यानरमा भएको छ । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा.राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भए पनि प्रदर्शन मात्र गरिएको हो ।
प्रदर्शनका क्रममा डा. राउतले लहानस्थित मधेस आन्दोलनका शहीद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । अलग मधेसको मुद्दा छाडेपछि राउतका समर्थक घटेको र प्रदर्शन पनि फितलो भएको स्थानीय बताउँछन् ।