कांग्रेस किचलोको अन्तरकथा


२१ चैत्र २०७५, बिहीबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं २१, चैत : विहिबार विराटनगर पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकै आक्रमक रुपमा प्रस्तुत भए । सभापति देउवाको आक्रोश अरु कसैप्रति नभएर आफ्नै जिल्ला सभापतिहरुमाथि थियो । सभापति देउवाले सके विशेष महाधिवशेन बोलाएर देखाउन चुनौती दिए ।

Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

सभापति देउवाले भने, ‘पार्टीका असन्तुष्ट २०/२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदी सक्छन् भने बोलाएर दखाउन् । विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु ।’

सभापति देउवाले बुधबार भने आफ्नैले गाली गरेको भन्दै गुनासो पोखेका थिए । उनको गुनासो थियो, ‘म ओली सरकारको खिलापमा हुन्छ। तर, हाम्रा साथीहरु मेरो खिलापमा लाग्छन् ।’

उता सभापति देउवाले कतै आक्रोश र गुनासो पोखिरहेको बेला कांग्रेसका असन्तुष्ट ५१ जिल्ला सभापतिहरु देउवा बिरुद्ध रणनीति बनाउँनमा व्यस्त छन् । महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि जिल्ला सभापतिहरु असन्तुष्ट बनेका हुन् ।

के हो समस्या ?
महासमिति बैठकमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनु पर्ने र समानुपातिक निर्वाचन प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए । पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै त्यो प्रस्ताव पारित गर्न नेतृत्वलाई दवाव दिएका थिए ।

बैठकमा सहमति हुन नसकेपछि महासमितिकै बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको मागअनुसारको विधान बनाउने भन्दै बैठक टुङ्गयाएका थिए । तर गत फागुन १२ गते सभापति देउवाले बहुमतीय प्रक्रिया अपनाएर महासमितिको म्याण्डेड विपरित विधान पारित गरेपछि जिल्ला सभापतिहरु रुष्ट छन् ।

केन्द्रीय समितिले केन्द्रीय सदस्यहरु सिधै महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्थाहितको कांग्रेसको विधान पारित गरेको छ । १२ फागुनको केन्द्रीय समिति बैठकले उल्ट्याएपछि पौडेल र सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत दुवै समूहका नेताले लिखित रूपमै असहमति राखेका छन् ।

जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति समापन समारोहमा प्रतिबद्धता जनाएका थिए ।

महासमितिमा राखेको प्रस्तावलाई केन्द्रीय कार्यसमिति बैठकले उल्टाएपछि असन्तुष्ट जिल्ला सभापतिहरुले फागनु २१ गते विज्ञप्ति जारी गरेर निर्णयमा पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने चेतावनी पनि दिएका थिए । उनीहरुले केन्द्रीय समितिको निर्णय नसच्याए विषेश महाधिवेशन बोलाउन पनि माग गरेका थिए । तर, निर्ण नसच्चिएपछि यो बैठकको आयोजना भएको हो ।

को को छन्, भेलामा ?

Nepali congress president


बुधबार बिहानबाट क्षेत्रपाटीस्थित होटेल काठमाडौंमा सुरु भएको भेलामा अधिकांश जिल्ला सभापति नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका छन् । सभापति देउवाको निर्देशनपछि उनी पक्षीय सभापतिहरु भने भेलामा आएका छैनन् ।

भेलामा उपस्थित जिल्ला सभापतिहरू :-

१. लीलादेवी बोखिम (ताप्लेजुङ) 
२. नरेन्द्रकुमार केरुङ (पाँचथर)
३. हिमालय कर्माचार्य (इलाम)
४. उद्धव थापा (झापा)
५. गोविन्द ढुंगाना (तेह्रथुम)
६. नन्दमणि राई (भोजपुर)
७. नरेशकुमार श्रेष्ठ (खोटाङ)
८. विनोद बस्नेत (सोलुखुम्बु)
९. राजीव कोइराला (सुनसरी)
१०. डिगबहादुर लिम्बू (मोरङ)
११. विदुर बस्नेत (उदयपुर)
१२. दीपेनकुमार श्रेष्ठ (संखुवासभा)
१३. कृष्णदेव यादव (रौतहट)
१४. अजय द्विवेदी (पर्सा)
१५. उज्ज्वल बराल (सिन्धुली)
१६. मधु आचार्य (काभ्रे)
१७. लवश्री न्यौपाने (रामेछाप)
१८. विकास लामा (सिन्धुपाल्चोक)
१९. जगदीश्वरनरसिंह केसी (नुवाकोट)
२०. सबुज बानियाँ (काठमाडौं)
२१. रमेश धमला (धादिङ)
२२. जितनारायण श्रेष्ठ (चितवन)
२३. वैकुण्ठ न्यौपाने (तनहुँ)
२४. खम्ब गर्बुजा (म्याग्दी)
२५. यङजिङ विष्ट (मुस्ताङ)
२६. कुमार राणा (स्याङ्जा)
२७. विष्णुप्रसाद लामिछाने (नवलपुर)
२८. भेषबहादुर पौडेल (लमजुङ)
२९. हरिबहादुर घले (गोरखा)
३०. वीरबहादुर राणा (पाल्पा)
३१. विष्णुप्रसाद खनाल (अर्घाखाँची)
३२. सुरेन्द्रप्रसाद आचार्य (कपिलवस्तु)
३३. अम्मरप्रसाद भण्डारी (प्युठान)
३४. अमरसिंह पुन (रोल्पा)
३५. केशरमान रोका (पूर्वी रुकुम)
३६. किरण कोइराला (बाँके)
३७. सञ्जय गौतम (बर्दिया)
३८. खड्गबहादुर शाही (मुगु)
३९. दीपबहादुर शाही (जुम्ला)
४०. हर्षबहादुर बम (कालिकोट)
४१. कृष्णकुमार बिसी (दैलेख)
४२. कमलराज रेग्मी (सुर्खेत)
४३. प्रेमप्रकाश ओली (पश्चिम रुकुम)
४४. गणेशबहादुर चन्द (सल्यान)
४६. जयपति रोकाया (हुम्ला)
४७. अंगत बुढा (डोल्पा)
४८. कर्णबहादुर मल्ल (डडेल्धुरा)
४९. ललितसिंह बोहरा (दार्चुला)
५०. नरेन्द्रसिंह थापा (बैतडी)
५१. हर्कजंगबहादुर सिंह (बझाङ)

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २३ चैतमा बोलाईएको छ । उनीहरुले केन्द्रीय समितिको बैठकमा दबाब दिने योजना बनाइरहेका छन् । सभापति र नेताको प्रतिवद्धतालाई केन्द्रीय समितिमा बहुमतले लत्याउँदै पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएपछि भेलाको आयोजना गरिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंहले बताए ।

महासमिति बैठकको निर्णय अनुसार चल्न नेतृत्वलाई दबाब दिइने उनको भनाई छ । पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था जसरी पनि खारेज गराएरै छोड्ने उनको भनाई छ । यदि त्यसो नभई विशेष महाधिवेशनको माग गरिने उनको भनाई छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७