संघीय सरकारको बेवास्तापछि प्रदेश सरकारद्धारा ३० चैतमा शोक मनाउने निर्णय


२४ चैत्र २०७५, आईतवार
lalbabu raut

काठमाडौं, २४ चैत : प्रदेश २ सरकारले विनाशकारी हुरीमा परी ज्यान गुमाएकाहरुको सम्झनामा चैत ३० गते शोक मनाउने घोषणा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको हो ।

Lalbabu Raut 3

मुख्यमन्त्री लालबाबु राउत

यसअघि प्रदेश सरकारले संघीय सरकारलाई राष्ट्रिय शोक घोषणा आग्रह गरेको थियो । प्रदेश सरकारको आग्रहलाई संघीय सरकारले वेवास्ता गरेपछि प्रदेश सरकार आफैंले निर्णय लिएको हो ।प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरि प्रदेश नम्बर दुईमा भएको प्राकृतिक प्रकोपबारे राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेका थिए । तर, संघीय सरकारले घोषणा नगरेपछि प्रदेश सरकार आफैले घोषणा गरेको हो ।

baraparsa hawahuri pidit

गत आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट ३० जनाको मृत्यु भएको थियो, भने ६ सय जना घाइते भएका छन् । झन्डै १९ सय घरमा क्षति पुगेको र हजारौँ जना प्रभावित भएका छन् ।
चैत ३० गते ११ बजेर २ मिनेटमा सामूहिक रुपमा शोक मनाउन प्रदेश सरकारले अपिल गरेको छ । बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

यो शक्तिशाली हावाहुरी ‘टोर्नेडो’ भएको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक अध्ययनले देखाएको छ । टोर्नेडो अकस्मात् जमिनमा स्थानीय रूपमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरी हो। तातो र ओसिलो हावा एवम् सुक्खा चिसो हावाको सम्मिश्रणबाट यस्तो शक्तिशाली हावाहुरी बन्ने वैद्यको भनाइ छ। त्यसो हुँदा मेघगर्जन पनि हुन सक्छ।

यस्तो किसिमको हावाहुरी केही मिनेटदेखि आधा घण्टासम्म चल्न सक्ने र त्यसको लम्बाइ ३.२ किलोमिटर सम्म हुन सक्ने न्याश्नल जिओग्राफिकले प्रकाशन गरेको एउटा रिपोर्टमा उल्लेख गरिएको छ।

टोर्नेडोमा हावाको गति सामान्यतया १५०-२०० किलोमिटर प्रतिघण्टाको रहन्छ भने अधिकतममा ४५० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार स्थानीय वायुको प्रभाव र भारतमा निम्न चापीय क्षेत्र विकसित हुँदा गत साता बारा र पर्सामा हावाहुरीले शक्तिशाली स्वरूप लिएको हुन सक्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७