नेपाली युवा बने पहिलोपल्ट अष्ट्रेलियाको संघीय सांसदको उम्मेद्वार


२९ चैत्र २०७५, शुक्रबार
pramej

काठमाडौं, २९ चैत । विदेभी भूमिमा रहेर पनि विभिन्न क्षेत्रबाट नेपाल र नेपाली चिनाउने युवाहरुको संख्या दिनहुँ थपिंदो छ ।

pramej

यस्तै नेपाल चिनाउने काम अष्ट्रेलियामा नेपाली युवाले गरेका छन् । पहिलो पटक अष्ट्रेलियामा नेपाली युवा संघीय सांसदको उम्मेद्वार बन्ने भएका छन् । अष्ट्रेलियाको सत्तासीन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेद्वार बनाउने घोषणा गरेको छ ।

लिबरल पार्टीका न्यू साउथ वेल्स राज्य कमिटीका नेताले आफूलाई उम्मेद्वार बनाएको बारेमा जानकारी दिएको पिजे श्रेष्ठले जानकारी गराएका छन् । श्रेष्ठलाई उम्मेद्वार बनाइएको बार्टन क्षेत्र अष्ट्रेलियन लेबर पार्टीको बर्चश्व भएको निर्वाचन क्षेत्र हो ।

नेपालीहरूको घना बस्ती भएको सिड्नीको रकडेललगायतका ठाउँहरू पनि यो क्षेत्रमा पर्छन् ।
४ वर्षको उमेरमा बाबा–आमासँग अष्ट्रेलियामा आएका श्रेष्ठ नेपालको नवलपरासी जिल्लाका हुन् । उनका बुवा मेघराज नवलपरासीका कृषी उद्यमी हुन् । उनी अष्ट्रेलियामा अष्ट्रेलियन विद्यार्थीको लागि यातायात छुट गराउने अभियानमा पनि थिए ।

श्रेष्ठले आफूले विगत केही वर्षयता अष्ट्रेलियाको राजनीतिमा चासो दिएको र खटेर काम गरेकाले पार्टीले उम्मेद्वार बनाएको बताए । आफ्नो उम्मेद्वारी अष्ट्रेलियामा भएका समग्र नेपाली मूलका अष्ट्रेलियनको लागि गौरव भएको उनले बताए । ‘नेपाली युवा जुनसुकै पार्टीलाई समर्थन गरुन म सबै नेपालीको गौरवका लागि काम गर्ने छु ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७