आइएमई जेटीआई टेनिस प्रतियोगिता शुरु


२ बैशाख २०७६, सोमबार
ime

काठमाडौं, २ बैसाख । आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ ।

ime

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा, बुटवललगायत देशका अन्य स्थानबाट १११ जना प्रतिष्पर्धीहरू सहभागी हुँदैछन् ।

तीन लाख २६ हजार पुरस्कार राशिको यस एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपालदास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पूर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा गरेका छन् ।

ime1 1

दशरथ रङ्गशालामा सोमबारदेखि शुरु प्रतियोगितामा ८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले भाग लिएको जनाइएको छ । आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा सञ्चालित एक मुनाफारहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसनमार्फत गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७