सुगरको समस्या छ ? सुगर फ्रि यी खानेकुरा खानुस्


४ बैशाख २०७६, बुधबार
sugar

काठमाडौं, ४ बैसाख । आधुनिक जीवन शैलीका कारण अहिले धेरैलाई सुगरको समस्या छ । सुगरको समस्या हुनेहरुले खानपान र कसरतमा विशेष ध्यान दिन जरुरी हुन्छ । तर, सुगरका समस्या भएकाहरु धेरैलाई कस्तो खानेकुरा खाँदा आफ्नो स्वास्थ्यलाई हानी पुग्दैन भन्ने कुराको जानकारी नभएको हुन सक्छ ।

sugar

आफ्नो रोग र खानेकुराबारे जानकारी नहुँदा सचेत बन्दा बन्दै पनि खान नहुने खानेकुरा खान पुगिन्छ । जसले सुगरका समस्या हुनेलाई थप समस्या बढाई दिन्छ ।
त्यसैले सुगरको समस्या भएकाले के र कस्ता खालका खानेकुरा खाने भन्नेबारेमा जानकारी दिन खाजेका छौं ।
यस्ता खानेकुरा खानुस्
१) सुगर फ्रि खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुन्छ । जसमा ब्रोकाउली, गोलभेडा, स्ट्रबेरी र ब्राउन राइसलगायत पर्छन् । यसमा हेल्दी फ्याट पनि पर्छ ।
२) जैतुनको तेल, ओखर र बदाम आदि हुन् ।
३) दाल, सिमी, सालमन माछा र अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्रि हुन् ।
४) मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ ।
५) सुगर फ्रि खाद्य पदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्य पदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।
६) खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई गरेर खान सक्नुहुन्छ । तर, यसको पोषण तत्व नउडोस् भन्ने कुरामा भने ध्यान पु¥याउनु पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७