नेपालको पहिलो भू-उपग्रह यसरी गरियो प्रक्षेपण (हेर्नुस पूरा भिडियो)


५ बैशाख २०७६, बिहीबार
satellite of nepal NepaliSat 1

काठमाडौं, ५ बैसाख । नेपालको भू–उपग्रह पहिलोपल्ट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।

अमेरिकी अन्तरिक्ष निकाय नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिन्सट्रेसन (नासा) का अनुसार सो स्टालाइट नेपाली समयानुसार बिहीबार बिहान २ः३५ मा प्रक्षेपण गरिएको थियो ।

nepali satelite k

भर्जिनिया राज्यको तटस्थित नासाको वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा सो भू–उपग्रह प्रक्षेपण गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा (प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।

भू–उपग्रह आकारमा सानो भए पनि नेपालको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा भू–उपग्रह पुग्ने भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन् ।

nepali satelite n

‘वर्डस–३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम’ अनुसार नेपालीसहित ३ देशका भूउपग्रहलाई एकैसाथ अन्तरिक्षमा पठाइएको हो । यस कार्यक्रमअन्तर्गत नेपालसहित श्रीलंका र जापानको पनि भूउपग्रह सोतर्फ पठाइएको छ ।

नेपाली भूउपग्रहलाई ‘नेपाली स्याट–१’ नाम दिइएको छ । नेपाली भूउपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखेर अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
नेपाली भूउपग्रहको निर्माण नेपाली वैज्ञानिक आभाष मास्केसहितको टोलीले गरेको हो । भूउपग्रहलाई जापानमा निर्माण गरिएको हो । उनका अनुसार ‘नेपाली स्याट–१’ को तौल एक किलो ३ सय ग्राम छ ।

nasa1 2

नास्टका अनुसार यस कार्यक्रमका लागि नेपाल सरकारले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। नेपालले यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकोले सरकारले प्रत्यक्ष सरोकार राख्नुपर्नेमा वैज्ञानिकहरु जोड दिन्छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगिसकेपछि यो भूउपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ । त्यसपछि मात्रै यसले काम गर्न थाल्ने छ । अन्तरिक्षमा पृथ्वीलाई चक्कर लगाउने यसले भूउपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ ।

nepali satelite l

यसको सहयोगबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदिका बारेमा जानकारी प्राप्त गर्न सक्छ । यसका लागि भूउपग्रहबाट प्राप्त गरिने तस्बिरहरू स्रोत हुनेछन् । नास्टका अनुसार ती तस्बिरहरु प्राप्त हुनासाथ सञ्चारमाध्यममा समेत प्रकाशित गरिने छ ।

सामान्यतया यस्ता भूउपग्रहहरु ३ महिनादेखि १ वर्षसम्म अन्तरिक्षमा रहनसक्ने भए पनि कुनै कुनै भूउपग्रहहरु भने १० वर्षसम्म पनि अन्तरिक्षमा रहनसक्ने बताइएको छ । ‘नेपाली स्याट–१’ भने लामो समय अन्तरिक्षमा नरहने बताइएको छ । तस्विर र भिडियो स्रोत : नासा
हेर्नुस् भिडियो


https://www.youtube.com/watch?v=JnC68nix5EA


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७