यी हुन् दक्षिण एशियामा भएका पाँच ठूला उग्रवादी आक्रमण


१० बैशाख २०७६, मंगलवार
pray

काठमाडौं, १० बैसाख । श्रीलङ्कामा आइतवार भएका श्रृङ्लाबद्ध बम आक्रमणले त्यहाँ दशकौंसम्म चलेको गृहयुद्धलाई फेरि एक पटक स्मरण गराई दिएको छ ।

मङ्गलवार देशमा शोक मनाइँदैछ भने थप हमला हुन नदिन र शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन थाल्न भन्दै देशमा सङ्कटकाल घोषणा गरिएको छ । दक्षिण एशियाका कैयौं देश उग्रवादी आक्रमणको शिकार हुँदै आएका छन् । भारत, पाकिस्तान र अफगानिस्तानपछि सो सूचीमा अहिले श्रीलङ्का थपिएको छ ।
यी हुन् दक्षिण एशियाली मुलुकमा भएका पाँच ठूला आक्रमण :-

पेशावर आक्रमण– सन् २०१४ को डिसेम्बर १६ मा पाकिस्तानको पेशावरस्थित एउटा सैनिक विद्यालयमा विष्फोट गराइएको थियो । आक्रमणमा १४१ जना मारिएका थिए जसमध्ये १३२ जना बालबालिका थिए । आक्रमणमा तालिबान विद्रोहीको हात थियो । बीबीसी उर्दूसँग कुरा गर्दै तालिबान प्रवक्ताले सेनाले गरेको कार्बाहीको जवाफस्वरूप आफूहरूले आक्रमण गरेको बताएका थिए । त्यसअघि पाकिस्तानी सेनाले उत्तरी वजिरिस्तान र खैबर क्षेत्रमा गरेको कारबाहीमा सयौँ लडाकु मारिएका थिए ।

मुम्बई ताज आक्रमण–सन् २००८ को २६ नोभेम्बरमा भारतको मुम्बई शहरका कैयौँ स्थानमा आक्रमण भएको थियो । आक्रमणमा १७४ जनाले ज्यान गुमाएका थिए । आक्रमण ६० घण्टासम्म चलेको थियो ।

mustaj

मस्तङ्ग आक्रमण– सन् २०१८ को जुलाई १६ मा पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तङ्गमा एउटा चुनार्वी यालीमा आक्रमण भएको थियो । आक्रमणमा १४९ जनाको ज्यान गएको थियो । पाकिस्तान निर्माण भएयताकै त्यो दोस्रो ठूलो आक्रमण भएको बताइन्छ । जुलाई २५ मा आमनिर्वाचन हुने तय भएको पृष्ठभूमिमा त्यसको केही दिनअघि विष्फोट भएको थियो ।

mastang

काबुल आक्रमण–सन् २०१७ को मे ३१ मा काबुलस्थित जर्मन दूतावासनजिक गराइएको बम विष्फोटमा १५० जना मारिएका थिए भने ३०० जना घाइते भएका थिए । सन् २००१ यता अफगानिस्तानमा भएको त्यो सबैभन्दा ठूलो विष्फोट थियो ।

kabul

श्रीलङ्का इस्टर आक्रमण– इसाई धर्मावलम्बीको इस्टर पर्वको दिन आइतवार आठ स्थानमा श्रृङ्खलाबद्ध विष्फोट गराइएको थियो । आक्रमणमा ३१० जनाको ज्यान गइसकेको छ भने ५०० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा ३६ जना विदेशी नागरिक पनि छ ।

shreelanka

अधिकारीहरूले स्थानीय न्याश्नल तौहिद जमात नामक जिहादी समूहले अन्तर्रा्ष्ट्रिय सञ्जालको सहयोगमा आक्रमण गराएको हुन सक्ने बताएका छन् । आक्रमणपछि कैयौं शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । विष्फोटमा मारिएकामध्ये अधिकांशको मङ्गलवार अन्तिम संस्कार गरिंदैछ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७