डडेल्धुरामा बस दुर्घटना : ६ जनाको मृत्यु, २६ घाइते


११ बैशाख २०७६, बुधबार

डडेलधुरा, ११ बैसाख । डडेल्धुराको भिमदत्त राजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

Bus accident दुर्घटना 1

भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरेका छन् । प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ ।

घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइँदैछ । बस सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७