मोदीलाई अभिनेता अक्षयकुमारको प्रश्न, ‘तपाईलाई आमासहित आफ्नो परिवारसँग बस्न मन लाग्दैन ?


११ बैशाख २०७६, बुधबार
modi 1

काठमाडौं, ११ बैसाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बलिउड नायक अक्षयकुमारले प्रश्न सोधेका छन्, ‘यति ठूलो घरमा बस्नु हुन्छ, तपाईलाई आमासहित आफ्ना परिवारसँग बस्न मन लाग्दैन ?’

अक्षयकुमारले मोदीलाई प्रत्यक्ष प्रश्न सोधेका हुन् । उनले मोदीसँग विशेष अन्तरवार्ता लिएका छन्, जो बुधबार बिहान एएनआइ समाचार एजेन्सीमार्फत सार्वजनिक भएको हो ।

अक्षयकुमारको उक्त प्रश्नको जवाफमा मोदीले भनेका छन, ‘म सानै उमेरमा घरबाट निस्किएँ, त्यसपछि जीन्दगी डिटेच भयो, मेरो प्रशिक्षण त्यही प्रकारले भयो, एक अवस्थामा छोडेपछि मुश्किल हुन्छ । जुनबेला घर छोडेँ, त्यतिबेला दुःख लाग्यो होला तर अब जीन्दगी नै यस्तै भइसक्यो ।’

यसअघि आफूले आमालाई दिल्ली बोलाएर केही दिन सँगै राखेको अनुभव पनि मोदीले सुनाए । उनले भने, ‘आमाले मलाई भन्नुभयो, मेरै पछाडि लागेर किन समय बर्बाद गर्छस् ? म यहाँ के गरौं ? गाउँमा छरछिमेक हुन्छन्, कुरा गर्छन् ।’

दिल्लीमा आफूसँगै आमा रहँदा केही छाकसँगै खाना खानु बाहेक आफूले त्यति समय दिन नसकेको अनुभव पनि उनले सुनाए । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७