यी बैंकको शेयर किन्ने महिना दिनमै भए मालामाल, कुनै बैंककाले कति कमाए ?


१३ बैशाख २०७६, शुक्रबार
Share Market

काठमाडौं, १३ बैसाख । शेयर बजारको कारोबार कति बेला के हुन्छ भन्न सकिंदैन । तर, शेयरमा बुझेर रकम लगानी गर्दा छोटो समयमै नसोचेको प्रतिफल समेत पाउन सकिन्छ ।

शेयर बजारलाई बुझ्न सक्दा शेयर कारोबारबाट समेत आर्थिक रुपमा ठूलो लाभ लिन सकिने कुरा यी बैंकहरुको आर्थिक कारोबारबाट देखिएको छ । विभिन्न बैंकका शेयर लगानीकर्ताले यतिबेला राम्रो नाफा कमाएका छन् ।

शेयर बजारले निर्धारण गर्ने प्राइस एकदमै न्यून भएको अवस्थामा पनि बैंकहरुको उत्साहजनक प्रगति भइरहेकै थियो । शेयरधनीलाई दिन सक्ने प्रतिफललाई बैंकहरुले बढाउँदै लगेका थिए । बफेटको व्याख्याअनुसार भ्यालु बढेको थियो भने प्राइस घटेको थियो ।

शेयरको भ्यालुको महत्व बुझ्दै प्राइस घटेका बेला लगानी गर्नेहरुले एक महिनामै ३२ प्रतिशतसम्म नाफा कमाएका छन् । चैत १२ गते कृषि विकास बैंकको शेयर मूल्य प्रतिकित्ता २९४ रुपैयाँ थियो जसको आजको बजार मूल्य ३८८ रुपैयाँ छ ।

अर्थात २९ हजार ४ सय रुपैयाँमा शेयर किन्नेको सम्पत्ति मूल्य अहिले ३८ हजार ८ सय रुपैयाँ पुगेको छ । बेच्नेले ९ हजार ४ सय रुपैयाँ नाफा कमाएका छन् । यद्यपी यो नाफा रकम कमिसन बाहेकको हो ।

शेयर किन्दा र बेच्दा ब्रोकर कम्पनी, निक्षेप सदस्य, धितोपत्र बोर्डलाई कमिसन तिर्नुपर्छ भने नाफामा थप पुँजीगत लाभकर पनि लाग्छ । कृषि विकासको मात्रै होइन, सबै बैंकहरुको शेयर मूल्य छोटो अवधिमा ठूलो अन्तरले बढेको छ ।

औसतमा वाणिज्य बैंकहरुमा लगानी गर्नेले एक महिनामै २१ प्रतिशतले सम्पत्ति मूल्य बढाएका छन् । बजारमा उच्च हिस्सा बोकेको बैंकिङ समूहले नै शेयर बजार बढाएको छ । तीन वर्षअघिका सबै न्यूनतम रेकर्ड तोडेर फागुन १९ गते ११ सय अंकमा झरेको नेप्से अहिले १२९२ अंकमा पुगेको छ । पछिल्लो एक महिनामा मात्रै १३. ३३ प्रतिशतले नेप्से उक्लियो । यस अवधिमा बैंकिङ उपसूचक २१. ३ प्रतिशतले बढेको छ ।

नेप्से बढ्दैमा सबै कम्पनीको मूल्य नबढ्न अर्थात घट्न पनि सक्छ । नेप्से बढे पनि जलविद्युत र व्यापार क्षेत्रमा लगानी गर्ने अधिकांशले गुमाएका छन् । पछिल्लो एक महिनामा जलविद्युत उपसूचक नै २८ अंकले घटेको छ भने व्यापार ३ अंकले खस्किएको छ ।

बैंकहरुको वित्तीय स्थिति जति उत्साहप्रद छ, जलविद्युत कम्पनीहरुको छैन । बफेटको भनाई केलाउने हो भने बैंकहरुको प्राइस घट्दा पनि भ्यालु बढेको थियो, त्यसकारण भ्यालुले नै प्राइसलाई धकेल्यो । तर जलविद्युत क्षेत्रमा भ्यालु नै बढ्न सकेन ।

हेर्नुस् एक महिनामा कुन कैंको शेयर मूल्य कति बढ्यो ?

1 7
2 6
3 3
4 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७