अब रहेनन् संगीतकार बिजु बज्र


१५ बैशाख २०७६, आईतवार
BijuBajra

काठमाठौं, १५ बैसाख । संगीतकार बिजु बज्रको आइतबार हृदयाघातबाट निधन भएको छ ।
उनको काठमाडौंस्थित सिभिल हस्पिटलमा निधन भएको छ ।

बज्रलाई बिहान साढे ११ बजेतिर स्वास्थ्यमा अचानक गड्बडी भएपछि तत्काल सिभिल हस्पिटल पुर्‍याइएको र चिकित्सकहरुको प्रयास विफल भइपछि साढे १२ बजेतिर मृत घोषित गरिएको संगीतकार हरि लम्सालले जानकारी दिएका छन् । उनी लामो समयदेखि मुटुका रोगी थिए ।

४० दशकमा गुल्मीको वामीटक्सारबाट श्रीमती कोपिलासँगै गायनमा प्रवेश गरेका बिजु बज्र ५० र ६० को दशकमा अति लोकप्रिय बनेका संगीतकार हुन् । ५ वर्षअघि २ पटक हृदयघात भई पुनर्जीवन प्राप्त गरेका उनले आज यो धर्ती छाडेका हुन् ।

बज्रले संगीतबद्ध गरेका गीतहरुमध्ये स्व.फत्तेमान राजभण्डारीको झरी परिरह्यो, कर्णदासको बिस्तारै छायो, सुगम पोखरेलको तिमी मभन्दा कोसौं टाढा छौ, रेश्मा सुनुवारको मै ठूली भैछु रे, आगन्तुक खरेलको कुन रंगको कमी थियो र, प्रीति कौरको परेवाको जोडी, युवराज चौलागाईंको साँझ पख जब आदि लोकप्रिय मानिन्छन् ।

४८ वर्षीय संगीतकार बज्रको श्रीमति, दुई छोरा र एक छोरी छन् । संगीतकार लम्सालका अनुसार संगीतकार बज्रको पार्थिव शरीरलाई भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने र श्रद्धाञ्जली कार्यक्रमपश्चात भोलि नै अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७