राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माको खोसियो जिम्मेवारी


१५ बैशाख २०७६, आईतवार
exam board

काठमाठौं, १५ बैसाख । राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माको जिम्मेवारी खोसिएको छ ।
आफ्नै छोरी समेत संलग्न हुने परीक्षाको प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा सहभागी भएपछि विवादमा तानिएका शर्माको जिम्मेवारी खोसिएको हो ।

आज (आइतबार) देखि शुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्र निर्माणलगायतका प्रक्रियामा भएको उनको संलग्नतामाथि विज्ञहरुले नैतिक प्रश्न उठाएपछि उनको जिम्मेवारी खोसिएको हो ।

आफ्नै छोरी सहभागी हुने परीक्षाको प्रश्नपत्र निर्माणमा भएको उनको संलग्नतालाई विज्ञहरुले पदीय दुरुपयोग र नैतिक प्रश्नका रुपमा हेर्नु पर्ने बताएका थिए ।

शर्मा आफैंले जिम्मेवारीबाट अलग हुन चाहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । यसअघि पौडेलले शर्माकी छोरी कक्षा १२ मा पढ्नेबारे आफूलाई थाह नभएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७