योगेश भट्टराई भारी मतान्तरले विजयी, ताप्लेजुङमा वाम गठबन्धनको क्लिन स्वीप


२३ मंसिर २०७४, शनिबार
yougesh

ताप्लेजुङ : नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् ।Yogesh Bhattarai 4 1

एमाले नेता भट्टराईको संसदीय चुनावमा यो पहिलो विजय हो । यस्तै प्रदेशसभा ‘क’ मा वामगठबन्धनका उम्मेदवार सुरेन्द्र साम्सोहाङ विजयी भएका छन्। उनले १५३१७ मत ल्याएर विजयी भएका हुन्। उनले कांग्रेसकी लिलादेवी बोखिमलाई हराएका हुन्। बोखिमले १० हजार ९७४ मत ल्याएकी थिइन्।

प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनकै माओवादी उम्मेदवार टंक आङ्बुहाङ विजयी भएका छन्। उनले १२ हजार १९८ मत ल्याएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपेन्द्र कुमार सेन्दाङ७५८७ मत ल्याएका थिए।

‘समृद्ध ताप्लेजुङका लागि मेरा योजना र सपना’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७