२५१ स्थानीय तहमा १५ शैंयाको अस्पताल बन्ने, कहाँ–कहाँ बन्दैछ अस्पताल ? (नामावलीसहित)


१६ बैशाख २०७६, सोमबार
health ministray

काठमाडौं, १६ बैसाख । देशको सबै स्थानीय तहमा पाँच वर्षभित्र १५ शैंयाको अस्पताल निर्माण हुने भएको छ ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७५३ वटै स्थानीय तहमा १५ शैंयाको अस्पताल निर्माण गर्न लागेको हो ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैंयाको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

पहिलो चरणमा देशका २५१ स्थानीय तहमा १५ शैंयाको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जानकारी दिएका छन् ।

‘जनघनत्व, बहिरङ्ग सेवाको चाँप, अन्य अस्पतालसँगको दूरी र प्राथमिक स्वास्थ्य केन्द्रहरुमध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई १५ शैंयाको अस्पतालमा स्तरोन्नति गर्न आवश्यक छ,’ उनले भने, ‘एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँसम्म बजेट लाग्छ ।’

स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५–०७६ मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको जनाइएको छ ।

हेर्नुस् नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७