राजनसँगको मत अग्रता गगनले फराकिलो बनायो, यस्तो छ नतिजा


२३ मंसिर २०७४, शनिबार
gagan thapa vs rajan bhatarai

काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। थापाले भट्ट्राईसँगको भिन्नता करिब २५सय मतको रहेको छ।gagan thapa vs rajan bhatarai

निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि पछि लय सम्हालेका गगनले २० हजार २ सय ८५ मत प्राप्त गरि अगाडी बढेका छन्। थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १७ हजार ७ सय २५ मत प्राप्त गरेका छन् ।
वुढानिलकण्ठ नगरपालिकाको मतगणना सकेर काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँगै थापाको अग्रता फराकिलो भएको हो। विवेकशील साझाकी सुबुना बस्नेतले १ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन्।
महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ , ८ र ३० को मतगणना सकिएको छ। अब १ को मतगणना गन्न बाँकी रहेको बताइएको छ। काठमाडौं ४ को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७