मन्त्रालयले माग्यो सबै स्थानीय तहलाई रिक्त कर्मचारीको विवरण, कति अपुग छ कर्मचारी ?


१७ बैशाख २०७६, मंगलवार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, १७ बैसाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई रिक्त पदपूर्तिका लागि माग बमोजिम कर्मचारी विवरण पठाउन निर्देशन दिएको छ ।

रिक्त पदपूर्तिका लागि ७५३ वटै स्थानीय तहलाई यही वैशाख २० गतेसम्म अपुग कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको हो । मन्त्रालयले गत चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो ।

स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७९० कर्मचारी समायोजन गरेको थियो । स्थानीय तहमा अझै १६ हजार ११८ कर्मचारी अपुग छ । मन्त्रालयले संघमा ४० हजार ७६९ र प्रदेशमा १४ हजार ६५९ समायोजन गरेको थियो ।

संघमा सात हजार ६४० र प्रदेशमा सात हजार ६३८ कर्मचारी अझै अपुग छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा फास्ट ट्रयाकबाट कर्मचारी भर्ना खुलाउने बताउँदै आएका छन् ।

उनले यसका लागि तयारी अवस्थामा रहन लोकसेवा आयोगलाई आग्रह समेत गर्दै आएका छन् । स्थानीय तहमा आवश्यक कर्मचारीको विवरण माग भएसँगै अब लोकसेवा आयोगमार्फत नयाँ कर्मचारी भर्ना खुल्ने अपेक्षा समेत बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७