रसुवागढी र साञ्जेन जलविद्युतको शेयर बिहीबार बाँडिने, आवेदक सबैले पाउने


१८ बैशाख २०७६, बुधबार
sanjan

काठमाडौं, १८ बैसाख । जनताको लगानीमा रहेका रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको शेयर बाँडफाँड बिहीबार (भोलि) हुने भएको छ ।

बिहीबार ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री पुनले शेयर बाँडफाँड गर्ने दुई जलविद्युत आयोजनाको शेयर आवेदन दिने सबैले पाउने भएका छन् ।

साञ्जेनको ४९ लाख ८२ हजार २ सय ५० कित्ता सेयर तथा रसुवागढीकोे ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता गरी कुल १ करोड ४३ लाख २१ हजार ७ सय १७ कित्ता सेयर आवेदन खुल्ला भएकोमा रसुवागढीको सेयर किन्न ३ लाख ७ हजार आवेदकले निवेदन दिएका थिए ।

त्यस्तै साञ्जेनमा ३ लाख ४ हजार २ सय १४ आवेदकले १ करोड ४१ लाख ४१ हजार ७ सय ५० कित्ता किन्न आवेदन दिएका थिए । कम्पनीले ५४ लाख ७५ हजार कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । आवेदक सबैलाई सेयर वितरण गर्न लागिएको छ । यसको अर्थ न्यूनतम दश कित्ता शेयर सबैले पाउने छन् ।

यही वैशाख ६ मा सभामुख कृष्णबहादुर महराले शेयर आवेदन कार्यक्रमको ऊर्जा मन्त्रालयमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा नै सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५०० कित्ता बराबरको आवेदन दिएका थिए भने सभामुख महराकी पत्नी सीता महराले पनि रसुवागढीमा १ लाखबराबरको १ हजार कित्ता र साञ्जेनको ५० हजार बराबरको ५ सय कित्ता बराबरको सेयरमा आवेदन दिएकी थिइन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजार बराबरको ५ सय सय कित्ता साधारण शेयरमा आवेदन दिएका थिए ।

पूर्व सभामुख तथा मन्त्री पुनकी पत्नी ओनसरी घर्ती मगरले पनि रसुवागढीमा १ एक लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजारको ५०० कित्ता साधरण सेयरमा आवेदन दिएकी थिइन् ।साञ्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष र रसुवागढीको बिक्रीप्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७