प्रदेश-१ को स्थायी राजधानी विराटनगरमै राख्ने निर्णय


२२ बैशाख २०७६, आईतवार
state 1

मोरङ, २२ बैसाख । प्रदेश–१ को स्थायी राजधानी विराटनगर नै तोकिने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको छ ।

hikmat

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ ।

di

अब यससम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने नेकपाले जनाएको छ । प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश–१ मा नेकपाको दुई तिहाइ बहुमत छ ।

प्रदेश–१ सरकारले दुई–चार दिनभित्रै प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउने बताउँदै आएको थियो । तर, यस वैठकले प्रदेशको नामाकरणका बारेमा भने अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन । प्रदेश राजधानीको नामाकरणका विषयमा धेरै प्रस्तावहरु आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७