सुन्दरतामा ‘हिमानी’ भन्दा कम छैनन् छोरी ‘पूर्णिका’ पनि (हेर्नुस् तस्विरहरु)


२३ बैशाख २०७६, सोमबार
1 3

काठमाडौं, २३ बैसाख । पूर्व युवराज्ञी हिमानी शाह सम्भ्रान्त परिवारमा रहेर पनि शालिन र साधारण जीवन शैलीका कारण चर्चामा आउने गर्छिन् । परिवारको सेवासँगै सामाजिक कामबाट समेत धेरैको मनमा बसेकी हिमानीको सुन्दरताको पनि चर्चा र प्रशंसा हुने गर्छ । हिमानीको छोरी पूर्णिका पनि सुन्दरतामा आमा भन्दा कम छैनन् ।

धेरैलाई थाहा छ, पूर्व राजकुमार पारस शाह र हिमानी शाहको कोखबाट दुई छोरी र एक छोरा छन् । राजगद्धी त्याग गर्दा नै जन्मिसकेका उनीहरु अहिले कस्ता होलान् ? सबैको चासोको बिषय बन्न सक्छ । उनै तीन सन्तानमध्ये जेठी छोरी पूर्णिका शाह अहिले ठूली भइसकेकी छिन् ।

हिमानी नेपालकी सुन्दरी महिलाको सूचीमा छिन् । उनै सुन्दरी आमाकी सुन्दरी छोरीले आमाको मुख हेर्ने दिन आमा हिमानी शाहसँगका तस्बिर सार्वजनिक गर्दै संस्कृतको श्लोक लेखेकी छन् ।
आमाप्रतिको सम्मान झल्काउँदै उनले लेखेकी थिइन् :
नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः । नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया ।।” “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।” ‘माता गुरूतरा भूमेः।’ ‘मातृ देवो भवः ।’

साथमा उनले हिमानीकी आमा, पूर्व राजा रानीको तस्बिर पनि राखेकी छन् । हिमानी शाहकी जेठी छोरी पूर्णिका आजभोलि सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् । उनले शुक्रबार मात्र हजुरबा हजुरआमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको ५० औं वैवाहिक बर्ष गाँठको उपलक्ष्यमा पनि तस्बिर राखेर शुभकामना दिएकी थिइन् । उनले यदाकदा नेपालको राजनीतिलाई व्यंग्य गर्दै पनि स्ट्याटस लेख्ने गरेको पनि पाइन्छ ।

हजुरबा ज्ञानेन्द्रको तस्बिर राख्दै केही दिन अघि पूर्णिकाले लेखिन्, ‘बेमौसमको गर्जिने बादल देखियो भने पानी पर्दैन, बर्षाको बादल नगर्जिए पनि पानी पर्छ । धेरै बोल्ने मानिसले काम गर्दैन तर एउटा राम्रो मानिस नबोली काम गर्छ ।’
पूर्णिकाको फेसबुक अकाउण्टका तस्विरहरु

3 2
2 3
4 1
5 1
6 1
7 1
8 1
9 1
10 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७