छोरा प्रकाशको निधनपछि विक्षिप्त सीताको मन सम्हाल्न प्रचण्डको फरक विहे {फोटो फिचर}


२६ बैशाख २०७६, बिहीबार
Prachanda and sita

काठमाडौं, २६ बैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालकै आग्रहमा ५० औं वर्षगाठको अवसरमा पुनः विवाह गरेको बताएका छन् ।

विवाहले पत्नी सीताको स्वास्थ्योपचारमा मनोवैज्ञानिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको आफ्नो रहेको प्रचण्डको भनाई छ । निकै भावुक वाताबरणको बीच मन्तव्य दिएको प्रचण्डले सबैको मायाले परिवारलाई हौसला र प्रेरणा मिलेको बताए । भने, ‘तपाईहरुको मायाले अन्तिम स्वाससम्म देश, जनता, पार्टीको पक्षमा काम गर्ने हौसला र प्रेरणा मिलेको छ ।’

बिहीबार निवासमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कार्यक्रमले पत्नी सीताको मनोवल उच्च भएको भन्दै खुसी समेत व्यक्त गरे ।

भने ‘पत्नी सीताको निम्ति माया, प्रेम र हौसलाको आवश्यकता छ । अघिल्लो वर्षदेखिनै सीताले अर्काको वर्ष हाम्रो विवाह भएको ५० वर्ष पुग्छ । परम्परागत ढंगले विवाह गर्ने भन्ने उनको प्रस्ताव थियो । यता छोरीहरुले पनि राम्रै हुन्छ भन्ने सुझाव दिए । सबैको सल्लाहअनुसार यो कार्यक्रमको आयोजना गरिएको हो। यो आविष्कार मेरो होइन ।’



विवाह किन ?
कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए । त्यतिबेला सीता पनि १५ वर्षकी नै थिइन् । ‘प्रचण्ड’ र सीता पौडेलबीच विवाह भएको आज ५० वर्ष पुगेको छ ।

दाहाल र पौडेलका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झरे। चितवनमा पनि उनीहरूको घर नजिकै थियो । दाहाल जोडीका चार सन्तानमध्ये रेणु भरतपुर महानगरकी मेयर छिन् भने अर्की छोरी गंगा निजी सचिवालयको जिम्मेवारीमा छिन् । जेठी छोरी ज्ञानु र एक मात्रै छोरा प्रकाशको भने निधन भएको छ ।

छोराको निधनपछि विक्षिप्त बनेकी सीता ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छिन् । पछिल्लो समय सीताको शारीरिक अवस्था निकै कमजोर भएको छ । सीता साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

चिकित्सकहरुका अनुसार पिएसपी मानसिक कारणले हुने रोग भने होइन। तर, ब्रेनमा आउने समस्याले गर्दा हुन्छ । यो निको नहुने रोग हो । प्रकाशको निधनपछि सिता निरन्तर यो समस्याबाट पिडित छिन् ।

चिकित्सकहरुका अनुसार यो रोग लागेपछि गिदी (ब्रेन)मा समस्या देखिन्छ । स्नायु तन्तुहरूमा रहेको प्रोटिनमा गडबडी हुन्छ। जसलाई टाउ प्रोटिन भनिन्छ । यो गडबडीका कारण कारण नसाहरू गुजुमुजु भएर खुम्चन्छन्। ब्रेन सुक्दै र खुम्चँदै जान्छ ।

बारम्बार लड्ने र डिप्रेसन बढ्ने भएकाले यस्तो बिरामीलाई परिवार र साथीभाइको हौसला महत्वपूर्ण हुने बताइन्छ । यही कारण पनि प्रचण्डले आज ५० औं वर्षगाँठ मनाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७