सिभिल बैंकले १०.२५ प्रतिशत बोनस शेयर बाँड्ने


२७ बैशाख २०७६, शुक्रबार
1557486858DSC 6187

काठमाडौं,बैशाख २७। सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३र०७४ को मुनाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५५ का दरले हुन आउन ७४ करोड ४० लाख ७९ हजार ३ सय १२.०८ बराबरको बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंकले ०.५४५ का दरले हुन आउने ३ करोड ९१ लाख ६२ हजार ६९.०६ (कर प्रयोजनको) लागि नगद लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५५ का दरले हुन आउने २९ करोड ४० लाख २ हजार ६९.६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभाले स्वीकृत गरेको छ ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छा राज तामाङ, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७५र०७६ को लेखापरिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिन (मर्जर) वा प्राप्ति (एक्विजिस ) गर्नरहुन वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्नरगराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७