७८ लाख घुस काण्ड : विशेष अदालतमा राजनारायण पाठकलाई सोधियो २८ प्रश्न, यसरी दिए जवाफ (पूर्ण पाठसहित)


२ जेष्ठ २०७६, बिहीबार
pathak 1 1

काठमाडौं, २ जेठ । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक बुधबार घुस रकम बराबरकै धरौटी तिरेर छुटेका छन् ।

पाठकको धरौटी जमानी नेपाल बंगलादेश बैंक बसिदिएपछि बुधबार नै उनी ७८ लाख धरौटीमा रिहा भएका हुन् । यसअघि उनले विशेष अदालतको इजलासमा २८ प्रश्नको सामना गरेका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकले बयान दिएका थिए ।

बयानका क्रममा पाठकसँग विभिन्न २८ प्रश्न सोधिएको थियो । जसको जवाफ दिने क्रममा विभिन्न विषयमा पाठकले आफ्नै राय बाझिने गरी बयान दिएको पाइएको छ ।

चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको अभियोग पाठकमाथि लागेको छ ।

अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कार्वाहीको माग गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ ।
हेर्नुस् विशेष अदालतको २८ प्रश्न र पाठकको जवाफ

1 11
2 9
3 9
4 7
5 6
6 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७