पैसा पूरा लिएर कम पेट्रोल बेच्ने पम्पमा शिलबन्दी


४ जेष्ठ २०७६, शनिबार
petrol VkRXP9kt2A

सप्तरी, ४ जेठ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सप्तरीको पश्चिमी भेगमा रहेको कम तेल दिने एक पेट्रोलपम्पमा आज शिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा रहेको अबदुल्हा आयल निगम ट्रेडर्समा शिलबन्दी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि शिलबन्दी गरिएको प्रमुख झाले बताए ।

यसैबीच सिलबन्दी गरिएको पम्पलाई नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७