विरोध खतिवडा चौथो पटक मकवानपुरबाट सांसद निर्वाचित


२४ मंसिर २०७४, आईतवार
Birodh khatiwada 1

हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार विरोध खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याएर विजयी भएका हुन् ।Birodh khatiwada 1
प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६ सय ८५ मत ल्याइन् ।
खतिवडाको मकवानपुरबाट यो चौथो जित हो । यसअघि उनी २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा विजयी भएका थिए ।
कांग्रेस नेतृ उपाध्यायसँग यो उनको तेस्रो प्रतिस्पर्धा थियो । खतिवडाले यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा उपाध्यायलाई पराजित गरेका थिए ।

खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याए । पराजित भएकी डिनाले ३२ हजार ६ सय ८१ मत ल्याइन् । योसँगै उनी चौंथोपटक सांसद बनेका छन् । उनी १८ वर्षपछि फेरि संसदमा फर्किएका छन् ।

उनी ०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए । तर, हारे । त्यसपछि उनी ०४८ सालमा जनमुखी नेता रुपचन्द्र बिष्टलाई पराजित गर्दै सांसद बने । ०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई हराए ।

०५१ सालको मध्यावधि चुनावमा पनि खतिवडाले डिनाको नै सामना गरेका थिए । तर, कांग्रेस सो चुनावमा तेस्रो भएको थियो । ०५६ सालको चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हरिण्यलाल श्रेष्ठलाई हराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७