सिभिल बैंक र लिडरशिप एकेडेमीबीच सम्झौता


८ जेष्ठ २०७६, बुधबार
civil

काठमाडौं, जेठ ८ । सिभिल बैंकले कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न ‘लिडरशिपएकेडमी’संग सम्झौता गरेको छ।

बैंकले आफ्ना कर्मचारीको वृत्तिबिकासको लागि सम्झौता गरेको जनाएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लिडरशिपका सिइओ अरुण जोशीले हस्ताक्षर गरे ।

सिभिल बैंक लिमिटेडद्वारा औषधोपचार बीमाको दाबी रकम भुक्तानी

‘समृद्धिको लागिसिभिल बैंक’भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले केहि महिना अगाडी ल्याएको ‘सम्मान बचत खाता’खातामा आकर्षक ब्याजको अलावा औषोधिउपचार खर्चमा एक लाखसम्म र दुर्घटना मृत्युमा सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको थियो ।

सिभिल बैंकले ‘सम्मान बचत खाता’खोल्नु भएको ग्राहकहरुको औषोधपचार खर्चबापतको बीमा दाबी रकमको भुक्तानी गरेको छ । औषोधपचार खर्चको बीमादाबी रकम बैंकद्वारा काठमाडौँका रिकेश शाक्य, बिराटनगरका रायचन्द बोथारा र मनोज पोखरेल र लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरिएको थियो ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । ।हालसम्म बैंकको ७३ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७