सामाजिक सञ्जालमा सन्नी लियोनी फेरि ‘भाइरल’, भिटी प्रस्तोतालाई भयो महँगो सावित


९ जेष्ठ २०७६, बिहीबार
sunny leony

काठमाडौं, ९ जेठ । भारतीय लोकसभा चुनाव २०१९ को नतिजा आइरहेको छ । भाजकाका नेताहरु अहिले धेरै प्रदेशमा अगाडि छन् । यतिबेला भारतमा चुनावको समाचारले ठूलो ठाउँ ओगटिरहेका बेला बलिउड अभिनेत्री सन्नी लियोनी एकाएक सामाजिक सञ्जालमा भाइरल बनेकी छन् ।

लोकसभा चुनावको परिणामले मानिसहरु यसका निकै उत्साहित देखिएका छन् । तर टिभीमा यो उत्साह थोरै महँगो साबित भएको छ । किनभने टेलिभिजन प्रस्तोताको एक गल्ती अहिले सोसल मिडियामा छाएको छ ।

यस्तो गल्ती रिपब्लिक टिभीका अर्नभ नामका प्रस्तोताले गरेका हुन् । उनी पंजाबको गुरदास पुर सिटबाट सन्नी देओलबारे अपडेट दिइरहेका थिए । तर गल्तीपूर्वका उनको मुखबाट सन्नी लियोनी निस्कियो । सोसल मिडिया यो भिडियो यति भाइरल भयो कि यो खबर सन्नी लियोनीसम्म पुग्यो । उनले यसबारे ट्वीट गर्दै भनेकी छिन्, ‘म कति भोटले अगाडि बढिरहेकी छु ?’

su

सन्नीको यो ट्वीटमा उनका फलोअर्सले निकै मज्जाको जवाफ दिइरहेका छन् । लगभग इन्जिनियर नामका एक प्रयोगकर्ताले लेखे, ‘तपाई १३५ करोड भारतीयको मनबाट अगाडि बढिरहनु भएको छ । ’

यस्तै, प्रयोगकर्ताले सन्नीको सेन्स अफ ह्युमरको तरिफ गरिरहेका छन् । सन्नी चाँडै नै ‘कोकाकोला’ नामको हरर कमेडी फिल्ममा देखिने भएकी छिन् । यो फिल्मका लागि आफू निकै उत्साहित भएको सन्नीले बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७