गोठमा लगेर नाबालिका करणी गरेको आरोपमा धामी पक्राउ


१० जेष्ठ २०७६, शुक्रबार
pakrau 6

बाजुरा, १० जेठ । घरमा कोही नभएको अवस्थामा गाईवस्तु बाँध्ने गोठमा लगेर नाबालिकालाई जवरजस्ती करणी गरेर फरार अमरबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले धामीलाई पक्राउ गरेको हो ।

प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिकामा रहेको वडा नम्बर–४ गुदुखातीका १८ वर्षीया धामीलाई नाबालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ परेको बेला ५ बजेतिर आरोपी अमरबहादुर धामिले वडा नम्बर–४ कै ११ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा गाईवस्तु बाँध्ने गोठमा लिएर जवरजस्ती करणी गरेर फरार भएको उनका बुवाले बताएका छन् ।

नाबालिकाका बुवाले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आरोपी धामीको खोजी शुरु गरेको थियो । जवरजस्ती करणी गरेर फरार रहेको अवस्थामा प्रहरीले खोजी गर्दा राति करिब ११ बजेको समयमा सोही वडाकै भगाड भन्ने ठाउँमा लुकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अमरबहादुर धामीलाई जवरजस्ती करणी मुद्धा अन्तर्गत कार्वाही गराइने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको । पक्राउ परेका धामी जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा छन् ।

कार्तिकदेखि हालसम्म बाजुरामा ७ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । तीमध्ये कुनै पनि जवरजस्ती करणीका अपराधीहरु फरार नभएको र सवै अपराधीलाई प्रकाउ गरेर मुद्धा अगाडि बढाईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७