गुजरातको एक ब्यवसायिक भवनमा आगलागी, १८ जनाको मृत्यु


११ जेष्ठ २०७६, शनिबार
fire

काठमाडौं, ११ जेठ । भारतको गुजरातस्थित एउटा व्यावसायिक भवनमा आगलागी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परेर कयौं घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । गुजरातको सुरत शहरको सारथानास्थित तक्षशिला कम्प्लेक्समा रहेको एक ट्युसन सेन्टरबाट आगलागी शुरु भएको बताइएको छ ।

आगलागीबाट मर्नेहरु अधिकांश छात्रछात्रा रहेका छन् । विद्यार्थीहरु ट्युसन सेन्टरमा पढिरहेको बेला काठको टुक्रामा लागेको आगो त्यहाँ परेपछि भवनमा सल्किएको थियो ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको कारण पत्ता लगाउन आदेश दिएका छन् । राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७