भारतले बिना सूचना पानी छाड्दा डुबान : ९० परिवार नदीले घेरिए


१२ जेष्ठ २०७६, आईतवार
kosi barrage

सप्तरी, १२ जेठ । भारतीय पक्षले पूर्व सूचना बिना कोशी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ ।

पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७