बालिका बलात्कार गर्ने जेल चलान


१२ जेष्ठ २०७६, आईतवार
jail 20180524072917

हेटौँडा, १२ जेठ । १२ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रविण थापा मगरलाई ९ वर्ष छ महिना कैद सजाय सुनाएको छ ।

दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने थापामगरलाई जिल्ला अदालत मकवानपुरमा न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश गरेको अदालत स्रोतले जनाएको छ । प्रविणमाथि गत भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७