ट्याक्टर दुर्घटना परि एक जनाको मुत्यु


१२ जेष्ठ २०७६, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

डडेल्धुरा, १२ जेठ । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका– १ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लोहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए ।

आइतबार अमरगढी नगरपालिका–७ पोखरा नजिकै ट्याक्टर दुर्घटना हुँदा लोहारको घटनास्थमै मृत्यु भएको हो । बिना नम्बर प्लेटको नयाँ ट्याक्टरका चालक भीमदत्त नगरपालिका–९ कञ्चनपुरका हिक्मतसिंह ठगुन्नालाई पक्राउ परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७