सुकेधारा र अनामनगरमा सिलिण्डर विष्फोट, ३ जनाको मृत्यु


१२ जेष्ठ २०७६, आईतवार
suke

काठमाडौं, १२ जेठ । काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्याँस विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिण्डर पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

सुकेधारामा ढलाने पुल नजिक सिलिण्डर विष्फोट भएको हो । घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७