वामदेव गौतमले मतान्तर घटायो, यस्तो छ ताजा परिणाम


२४ मंसिर २०७४, आईतवार

काठमाडौं: वाम गठबन्धन बर्दिया प्रतिनिधिसभा १ का उम्मेदवार वामदेव गौतमले मतान्तर घटाउदै लगेको छ।Bamdev Gautam

पछिल्लो प्रारम्भिक परिणाम अनुसार गौतमले ३५ हजार ७२८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार सञ्जय गौतम ३८ हजार ३५१ पाएका छन् ।

मत गणनाको अन्तिम चरणमा आइपुग्दा अहिले सञ्जयले २ हजार ६२३ पछाडि छाडेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका वामदेव अहिलेको निर्वाचनमा एमाले र माओवादीलाई तालमेल गराई पार्टी नै एक बनाउने कार्यका मूख्य पात्र हुन् ।

वाम गठवन्धन दुई तिहाई बहुमत तर्फ उन्मुख भइरहदा उनलाई निर्वाचन जित्न निकै कठिन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७