टेलिकमको नयाँ अफर ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाइस कल र सय एसएमएस


१३ जेष्ठ २०७६, सोमबार
nepal telicom

काठमाडौं, जेठ १३ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा ‘रिपब्लिक डे अफर २०७६’ ल्याएको छ। यस अफर अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ।

सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ। सो अफर जेठ १४ देखि जेठ १६ गतेसम्म खरिद गर्न सकिने छ ।

कम्पनीका अनुसार छुट प्राप्त गर्न ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी हासिल गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७