विश्वकपको उद्धघाटन खेलमा इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य


१६ जेष्ठ २०७६, बिहीबार
South Africa vs england 3

काठमाडौं, १६ जेठ (एजेन्सी) । एकदिवसिय विश्वकप क्रिकेटको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य दिएको छ । इंग्ल्याण्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरिरहेको उद्धघाटन खेलमा अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले ३१२ रनको लक्ष्य दिएको हो ।

ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रन बनाए । उनले ७९ बलको सामना गर्दै ९ चौका प्रहार गरे । उनले ४९ औं ओभरको अन्तिम बलमा लुन्गी एन्गीडीले हासिम अमलाबाट क्याच भए । इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमै ओपनर जोनी बेयरस्टोलाई शून्यमा गुमाएको थियो ।


इंग्ल्यान्ड लागि ओपनर जोसन रोयले ५३ बलमा ८ चौका सहित ५४ रन बनाए । रुटले ५९ बलमा ५ चौका प्रहार गरे । रुट र रोयले दोस्रो विकेटका लागि १ सय ६ रनको शतीकय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

इंग्ल्यान्डलाई चौथो विकेटका लागि कप्तान इओन मोर्गन र बेन स्टोक्सले पनि १ सय ६ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी ३७ ओभरको पाँचौ बलमा इमरान ताहिरले मोर्गनलाई एडेन मार्करामले ५७ रनमा क्याच आउट गराए । मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ४२ ओभरको दोस्रो बलमा लुन्गी निडीले जस बटलरलाई १८ रनमा बोल्ड आउट गरे ।

४४ ओभरको अन्तिम बलमा निडीलेनै मोईन अलीलाई फाफ डु प्लेसिसबाट बाउन्ड्रीलाईन नजिकै उत्कृष्ट क्याच गराउँदै ३ रनमा पेभिलिएन फकाए । ४८ ओभरको तेस्रो बलमा क्रिस वोक्स ठूलो शट खेल्ने धुनमा १३ रनमा क्याच आउट भए । लियाम प्लन्केट ९ र जोफ्रा आर्चर ७ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडा र इमरान ताहिरको नाममा समान २ विकेट रह्यो । त्यस्तै एन्डिले फेलुक्वायोले १ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७