एमाले उपाध्यक्ष वामदेव गौतमले चुनाव जित्न सकेनन्


२४ मंसिर २०७४, आईतवार

काठमाडौं : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग  ७५३ मतले पराजित भएका हुन् । Bamdev Gautam
सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याए विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।
उपाध्ययक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए । गौतमकै जोडबलमा पार्टी एकता गर्ने सहमतिका साथ वाम गठबन्धन भएको थियो ।
सुरुमा अग्रता लिएका एमाले उपाध्यक्ष गौतम सविक बर्दिया २ बाट सोचे अनुरुप मत नआउँदा पराजित भए । यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३७२ मत ल्याएको छ । यस्तै संघीय समाजवादीका काशीमअली सिद्धिकीले ६९७, नयाँ शक्तिका केशवराज पौडेलले ५४४, एराप्रपा राषट्रवादीले २४९ मत ल्याएका छन् ।
एमाले उपाध्यक्ष गौतमलाई २०७०मा निर्वाचितपछि बर्दिया छोडेको थिए ।  विगत २५ वर्ष देखि पटक–पटक जितेर मन्त्री बन्दा खासै काम नगरेको र राजनीतिमा परिवारवाद स्थापित गर्न खोजेको भन्दै चुनावी सभाहरुमा प्रहार गरेका थिए ।
एमाले उपाध्यक्ष गौतमले श्रीमतीलाई प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बनाएपछि एमालेकै असन्तुष्टहरुले सहयोग गर्दा सिंचाइ मन्त्री गौतमलाई सहज भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७