गेष्ट हाउसको कोठामा चार महिलासँग एक पुरुष आपतिजनक अवस्थामा भेटिएपछि


२१ जेष्ठ २०७६, मंगलवार
sex 2

काठमाडौं, २१ जेठ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ आदर्शस्थित एक गेष्ट हाउसबाट प्रहरीले चार महिला र एक जना पुरुषलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ ।

पार्वती भन्ने गोमा गोतामेले सञ्चालन गरेको कस्तुरी चमेना गृह गेष्ट हाउसको कोठामा प्रहरीले छापा मारी अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले गेस्ट हाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने वर्ष ४५ कि पार्वती भन्ने गोमा गोतामेलाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उपर जिल्ला अदालत भक्तपुरमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७