‘सुरक्षित ठमेल : व्यवस्थित ठमेल’ प्रतिबद्धता सहित प्रधान प्यानल चुनावी मैदानमा


२३ जेष्ठ २०७६, बिहीबार
Arjun Lal Pardhan

काठमाडौं, २३ जेठ : ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)को कार्यकारिणी समितिमा निर्वाचन हुने निश्चित भएको छ । निर्वाचनको लागि तीन समुहको उम्मेदवारी परेपछि निर्वाचन निश्चित भएको हो ।

परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि अर्जुनलाल प्रधान, प्रकाशनरसिंह राणा र समीर गुरुङले अध्यक्षको लागि उम्मेदवारी परेको हो । परिषद्को २३ औं र २४ औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन यही २५ गते हुदैछ ।

विहिबार परिषद्को लागि युवा व्यवसायी अर्जुन लाल प्रधान समूहको उम्मेदवारी घोषणा गरिएको छ । तीन दसकअघिदेखि ठमेललाई केन्द्र बनाएर सक्रिय प्रधानको समूहको उपाध्यक्षका उम्मेदवारहरुमा महेश महर्जन, टासी गुरुङ र पाल्साङ्ग गुरुङ छन् ।

महासचिवमा सहदेव धमला (विमल), सचिवमा बद्रीप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा पुण्यराम लागेजु छन् । यसैगरी सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्रबहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, कुन्साङ्ग दोर्जे लामा, विनोद श्रेष्ठ, र राजनप्रसाद कडेँल छन् ।

अध्यक्षका उम्मेदवार प्रधानले ठमेललाई थप सफा, सुरक्षित, व्यवस्थित, सुन्दर बनाउनका लागि आफूहरुले उम्मेदवारी दिएको बताए । उनले भने, ‘हामी बोलीमा होइन काममा ठमेललाई परिवर्तन गर्न चहान्छौं ।’

ठमेलमा शान्ति सुरक्षाको उचित व्यवस्थापन, ट्राफिक र पार्किङको दिर्घकालिन व्यवस्था मिलाउन, फोहोरमैला व्यवस्थापन आफ्नो टिमको प्राथमिकता रहेको उनको भनाई छ ।

यसैगरी ठमेल क्षेत्रको म्यापिङ सही ढंगले गर्न, पर्यटक सूचना केन्द्र, ध्वनी प्रदुषण नियन्त्रण, सडक र सडक बत्तीको व्यवस्थापन, ढल निकास र खानेपानीको दिर्घकालीन समाधान, घरधनी र व्यावसायीबीचको सम्बन्ध सुधार, सल्लाहकार समिति, सडक बालबालिका, मगन्ते र सडक व्यापारीको दिर्घकालिन समाधान गरी भिजिट नेपाल २०२० लाई सफल पार्ने योजना रहेको उनले बताए ।

ठमेल पर्यटन विकास परिषद्मा अध्यक्षका उम्मेदार अर्जुन लाल प्रधान समुहकाे प्रतिवद्धता :

‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल’

  • शान्ति सुरक्षाको उचित व्यवस्थापन
  • ट्राफिक र पार्किङको दिर्घकालिन व्यवस्थापन गर्ने
  • ठमेल बजारको म्यापिङलाई व्यवस्थित गर्ने
  • ‘ठमेल विकास सकारात्मक सन्देश’ भन्ने नारा अघि बढाउने
  • पर्यटकका लागि सूचना केन्द्र, पर्यटकमैत्री सूचना प्रविधिको बिकास गर्ने
  • ध्वनी प्रदुषण कम गराउने
  • सडक र सडक वत्तिको उचित व्यवस्थापन गर्ने
  • फोहोर व्यवस्थापन, ढल निकास, खानेपानीको दिर्घकालिन व्यवस्था, घरधनी र व्यवसायीबीच सुमधुर सम्बन्ध
  • सल्लाहकार समिति गठन
  • सडकमा मगन्तेहरुलाई सही व्यवस्थापन
  • नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने
  • व्यवसायीहरुको व्यवसाय सुरक्षाकालागि पहल गर्ने र मापदण्ड बनाउने
  • ठमेल क्षेत्रको सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७