एसपीका ‘घुमुवा’ अरुण झा घुससहित पक्राउ


२४ जेष्ठ २०७६, शुक्रबार
APF

रौतहट, २४ जेठ । सशस्त्र प्रहरी गण नम्बर ११ रौतहटका गणपति एसपी कृष्णप्रसाद ढकालका ‘घुमुवा घुससहित पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी गण नम्बर–११ हजमिनिया रौतहटमा कार्यरत सादा पोसाकमा परिचालित सिपाही अरुण झा नेपाल–भारत सीमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराई दिने भनि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित रङ्गेहात पक्राउ गरेको हो ।

झालाई ३० हजार रुपैयाँँ घुससहित पक्राउ गरेको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख शिवराम न्यौपानेले जानकारी दिएका छन् । झालाई रौतहटको गौर नगरपालिका–४ हनुमान चोकस्थित खुश्बु मोटरसाइकल वर्कसपबाट बिहीबार रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

११ नम्बर गणका प्रमुख एसपी ढकालले असई दीपेन्द्र झा, जवानहरु रोशन मिश्र र अरुण झालाई घुमुवा राखी असुली गर्दै आएका छन् । दीपेन्द्र र रोशन मिश्रका बारेमा गुनासो आएपछि उनीहरुलाई डीआईजी प्रबीण श्रेष्ठले बाहिनीमा तानेका छन् । सशस्त्रमा घुमुवा राखी असुली हुने गरेको झा पक्राउले पुष्टि गरेको छ । असइ झा र जवान अरुण झा साढुदाइ र साढुभाइ हुन् । उनीहरुलाई बाहिनीमा तानिए पनि पुनः घुमुवाकै रुपमा सीमाक्षेत्रमा पठाउन आइजीपी शैलेन्द्र खनालले डीआइजी श्रेष्ठलाई दबाब दिइरहेका छन् । सर्लाहीका एक पत्रकारका ज्वाई हुन् दीपेन्द्र र अरुण झा । असई दीपेन्द्रलाई बाहिनीबाट पुनः साविककै घुमुवाका रुपमा खटाउन आइजीपी खनालले डीआइजी श्रेष्ठलाई दबाब दिइरहेको बेला अरुणलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ ।

press

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७