साढे १२ किलो चाँदीसहित बालबोध पक्राउ


२४ जेष्ठ २०७६, शुक्रबार
arrest

धनुषा, २४ जेठ । १२ किलो सात सय ग्राम चाँदी भारततर्फ लैजाँदै गर्दा धनुषामा एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलले नेपालबाट अवैध रूपमा भारत लैजाँदै गरेको ७ लाख ८९ हजार तीन सय ५ रुपैयाँ बराबरको चाँदीसहित महोत्तरीका बालबोध प्रसादलाई पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक सुशीलप्रसाद पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शुक्राबार जनकपुरधाम–२३ विन्दीबाट ३४ वर्षीय बालबोधलाई अवैध चाँदीसहित पक्राउ गरेको हो ।

उनले ज ३ प ६२८९ नम्बर प्लेटको मोटरसाइकलमा लुकाई छिपाई चाँदी भारत लैजान लागेका थिए । प्रहरीले पक्राउ परेका बालबोधमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७