हाइवेमा ड्राइभिङ गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्


२५ जेष्ठ २०७६, शनिबार
driving

काठमाडौं, २५ जेठ । शहरिया जीवनबाट दिक्दार भएको मानिसलाई कहिलेकाँही ठूला हाइवेमा कार हाक्न पाउँदा मज्जा आउनु स्वाभाविकै हो । मज्जा आउँछ भनेर कतिपयले विना होशियारी गाडी चलाइरहेका पनि हुन सक्छन् । यस्तो अवस्थामा दुर्घटना हुने डर उत्तिकै हुन्छ । यद्यपि, हाइवेमा कार हाक्दा यी सावधानी अपनाएमा दुर्घटनाबाट बच्न भने सकिन्छ :-

– तपाईं लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने बढी थकाइ हुन्छ । यसले गर्दा निद्रा लाग्छ । अनि दुर्घटना हुन सक्छ । तसर्थ, हाइवेमा गाडी कुदाउँदा आराम गर्दै वा साटो गर्दै कार चलाउनु होस् ।

– हाइवेमा छिर्नुअघि कारलाई सधैँ गुड कन्डिसनमा राख्नुहोस । यदि सवारीसाधनमै गडबडी छ भने दुर्घटना निम्तिन सक्छ ।

– हाइवेमा ड्राइभिङ गर्दा कोहीसँग पनि कुरा नगर्नु होस् । मोबाइल फोन पनि रिसिभ नगर्नुहोस् ।

– मादक पदार्थ वा अन्य नशालु पदार्थ सेवन नगर्नुहोस् । यसले दुर्घटनाको जोखिम सबभन्दा बढाउँछ ।

– बाटो फराकिलो छ भन्दैमा गाडी स्पिडमा नचलाउनु होस् । आफ्नो साइडमा मात्र गाडी चलाउनु होस् । जथाभावी ओभर टेक नगर्नुहोस् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७