माथिल्लो कर्णाली जलविद्युत आयोजना कार्यालयमा बम विष्फोट


२५ जेष्ठ २०७६, शनिबार

अछाम, २५ जेठ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

bom
प्रतिकात्मक तस्विर

शुक्रबार बिहान साढे दुई बजेतिर बम विष्फोट भएको हो । भाडामा लिएको सम्पर्क कार्यालयको घरको पूर्वतर्फको भित्तामा समूहले प्रेसर कुकर बम विष्फोट गराउँदा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

तुर्माखाँद गाउँपालिका–३ असराघाटका दीपक बिसीको घरको शौचालयमा अज्ञात समूहले बम विष्फोटन गराउँदा टिनले बनेको शौचालयमा क्षति पुगेको छ । ‘घरको पूर्वी भित्ताको भाग चर्केको र बिसीकै घरको बरण्डामा राखेको भे ७ प ९६९८ को मोटरसाइकलमा आगजनी गरिएको छ’, अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ।

बम विष्फोट भएको खबर पाउने वित्तिकै शाहीसहित ७ जनाको टोली घटनास्थल पुगेको थियो । विष्फोट गराउनेको खोजी गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रहरी चौकी भैरवस्थान अछामबाट पैदल ४ घण्टा लाग्ने उक्त ठाउँमा बम विस्फोट गराउने समूहको खोजी कार्यका प्रहरी निरीक्षक जगत गाहा मगरको कमाण्डमा १५ जना, इलाका प्रहरी कमलबजार, विनायक, प्रहरी चौकी भैरवस्थान, अस्थाई प्रहरी पोष्ट तुर्माखाँद, बेलखेत अछाम समेतबाट २५ जनाको प्रहरी टोली तुर्माखाँद गाउँपालिकामा परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७