बेलायती प्रधानमन्त्रीलाई भेट्न अघि प्रधानमन्त्री ओलीले गोर्खाहरुलाई भेटेर समस्या बुझे


२८ जेष्ठ २०७६, मंगलवार
KP Sharma oil @ GAESO
प्रधानमन्त्री ओली र गोर्खा संगठनका नेताहरु

बेलायत, २८ जेठ :  बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्न अघि आन्दोलनरत गोर्खा समुदायलाई भेटेर उनीहरुको समस्या बुझेका छन् ।

आन्दोलनरत गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), संयुक्त संत्याग्रह संघर्ष समिति लगायतका बिभिन्न गोर्खाका संस्थाका नेताहरुसँग भेटेर उनीहरुको समस्याको बारेमा जानकारी लिएका हुन् ।

मंगलबार दिउँसो लन्डनमा बेलायती प्रधानमन्त्री मेलाई भेट्न अघि प्रधानमन्त्री ओलीले गोर्खाहरुको समस्याको बिषयमा जानकारी लिएको गेसोका उपसभापति धर्म तामाङले जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्याको बारेमा जानकारी गराएका थिए ।

सभापति राईले बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरु सम्मिलित प्राबिधिक समितिले तयार पारेको प्रतिवेदन अनुसार नै गोर्खाहरुको समस्या सम्बोधनको निम्ती बेलायती समकक्षीसँग अजेन्डा राख्नका लागि अनुरोध गरेका थिए । उनले भनेका थिए, ‘प्राबिधिक समितिले तयार पारेको प्रतिवेदन अनुरुप नै गोरखाहरुको समस्या सम्बोधनको निम्ती यहाँले भेटवार्ताको क्रममा गम्भिरताको साथ कुरा उठाइदिनु हुनका लागि हामी अनुरोध गर्दछौं ।’

त्रिपक्षीय प्राविधिक समितिले सिफारिस गरे अनुसार गोरखाहरुको माग सम्बोधन होला भनेर ठुलो आशा र उत्साहका साथ व्याग्र प्रतिक्षामा रहेको बेला बेलायत सरकारले पूर्व प्रतिबद्धता विपरित एकतर्फी प्याकेज घोषणा गरेको भन्दै सभापति राईले दुईदेशबीच वार्ताको जरुरी रहेको भन्दै पहल गरीदिन आग्रह गरे ।

GAESO and KP Sharma oli
UK Gaeso

 PM KP Sharma oil and Gurkha PM KP Oli    

KP Sharma oil and GAESO
KP Sharma oli

‘वार्ता समिति बनाएर वार्ताको माध्यमबाट त्रिपक्षीय प्राबिधिक समितिको सिफारिस अनुसार समस्या समधान गर्नुको साटो एक तर्फी रुपमा प्याकेज भन्दै केही प्रतिशत पेन्सन र सुबिधा बृद्धिको घोषणा गरिनु अत्यन्तै दुःखत थियो । न्याय पाउने आशामा रहेका गोरखाहरु फेरि एक पटक दुःखी बनेका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गरीदिनु हुन्छ भन्ने विश्वासमा छौं’ उनको अनुरोध थियो ।

संत्याग्रहका संयोजक ज्ञानराज राईले वार्ताको माध्यमबाट समस्या समधान होस् भन्ने आफूहरुको चाहना रहेको बताएका थिए । उनले अब पनि माग सम्बोधन नभए गोर्खाहरु फेरि आमरण अनसन बस्ने बताए ।

गोर्खाहरुको बारेमा गम्भिरताको कुरा उठाउँछु :  प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले गोर्खाहरुको कुरा सुनीसकेपछि आफू गोर्खाहरुको समस्याको बिषयमा गम्भिर रहेको बताए । आफू गोर्खाहरुको समस्या बिषयमा जानकार रहेको भन्दै बेलायतकी समकक्षी प्रधानमन्त्री टेरिजा मेसँगको भेटवार्तामा गोर्खाहरुको समस्याको बिषयमा कुरा राख्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती दुई देशबीचमा वार्ता हुने पनि बताए ।

प्रधानमन्त्री ओलीको भनाईलाई उधृत गर्दै गेसो सभापति राईले भने,‘गोर्खाहरुको समस्याको बिषयमा नेपाल सरकार गम्भिर छ । दुईदेशबीच वार्ता हुनेछ ।’ गोर्खाहरुसँगको भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत उच्च अधिकारीहरु थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७