मेगा बैंकले प्राइम लाइफ इन्स्योरेन्सको सेवा दिने


२९ जेष्ठ २०७६, बुधबार
1560344888Mega Prime

काठमाडौं, २९ जेठ । मेगा बैंक र प्राइम लाइफबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सहमतिसँगै मेगा बैंकका ग्राहकले प्राइमको जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु बैंकका शाखाबाटै लिन सक्नेछन्। देशभरका १ सय २ शाखाबाट प्राइममा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त हुने बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७